Skip This
नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा पुनः पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा पुनः पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुनः पहिरो खसेको छ। मंगलबार दिउँसो चार बजेर ५५ मिनेटमा खसेको सुक्खा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको चितवन सडक डिभिजन भरतपुरले जनाएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका- ५, तुइन खोलास्थित सडकमा माथिबाट ठुलो सुक्खा पहिरो निरन्तर खसिरहेकाले दुईतर्फ सडक अवरुद्ध भएको छ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम भई सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको  छ।

तुइन खोलामा शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ। निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपराह्न फेरि सुक्खा पहिरो खसेको हो।