Skip This
सिद्धार्थ उद्योग वाणिज्य संघले दसैँ सस्तो बजार सञ्चालन गर्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
Invalid date format ११:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ उद्योग वाणिज्य संघले दसैँ सस्तो बजार सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले ८ देखि १२ असोजसम्म भैरहवामा दसैँ सस्तो बजार सञ्चालन गर्ने भएको छ । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी संघले आफ्नै कार्यालयपरिसरमा दसैँ सस्तो बजार सञ्चालन गर्न लागेको अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।

पाँच दिनसम्म सञ्चालन हुने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाँडा, जुत्ता–चप्पल, घरेलु उत्पादनलगायतका १४ वटा स्टल रहने संघका अध्यक्ष आचार्यले जानकारी दिए ।

बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने सस्तो बजारमा ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने संघले अनुमान गरेको छ ।आमउपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरू एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउन निःशुल्क स्टल उपलब्ध गराउने र दसैँ, तिहार, छठलगायतका महान् पर्वहरूमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

दसैँ सस्तो बजारमा बाहिर बजारभन्दा केही प्रतिशत छुट प्रदान गरिने र स्वदेशी बजारमा किनमेल गर्न उपभोक्तालाई उत्प्रेरित गर्ने उद्देश्यले दसैँ सस्तो बजार सञ्चालन गर्न लागिएको संघका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।