
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार आठ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा दुई लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले बढेर तोलामा दुई हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा दुई हजार ५०५ मा कायम भएको थियो ।