मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २७ शुक्रबार १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शव व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले बनायो विशेष टोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार १४:२९:oo

काठमाडौं महानगरपालिकाले जेन–जी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था गरेको छ ।

महानगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि विशेष टिम परिचालन गरेको हो । 

विशेष टोलीका सदस्यहरूमा जगदीश अर्याल, विज्ञान घिमिरे र ईश्वर वाग्ले रहेका छन् ।  महानगरपालिकाले पीडित परिवारलाई सहयोग गर्नका लागि सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ ।