मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २७ शुक्रबार १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष र सभामुखले एकसाथ भने– विधिको शासन र संविधानवादबाहिर जानुहुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार १३:३९:oo

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख देवराज घिमिरेले देशमा आइपरेको अहिलेको संकटको समाधान गर्न विधिको शासन र संविधानवादवाट बाहिर जान नहुने बताएका छन् ।

शुक्रबार दाहाल र घिमिरेले प्रेस वक्तव्य जारी गर्दै देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरेको जानकारी दिएका छन् ।

आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझै उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन आह्वान गरेका छन् । उनीहरूले जेन–जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।