मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
२o८२ भदौ २७ शुक्रबार १३:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेलहिया नाका सहज बन्दै, बजारमा चहलपहल सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार १३:५९:oo

रुपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिनको समयमा निषेधाज्ञा र राति १० बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै गरेको छ । तैपनि नेपाल भारत सीमानाकाबाट अत्यावश्यक सामानहरू आयात सुरु भएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिनदेखि जारी राखेको कर्फ्यु तथा निषेधाज्ञा शक्रबार दिनभर हटाएको थियो। तर, शुक्रबार मध्याह्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विज्ञप्ति जारी गर्दै दिउँसो निषेधाज्ञा र राति कर्फ्युलाई कायम राखेको जनाएको छ।

शुक्रबार बिहानैदेखि बेलहिया नाका भएर ग्यास बोकेका गाडीहरू नेपाल भित्रिएका छन्। नेपाल–भारत सञ्चालनमा आएका पर्यटक बस पनि भित्रिएका छन् । बजार सामान्य बन्दै गएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लाको जनजीवन सामान्य बन्दै जान लागेको बताए। 

लामो र छोटो दूरीका सवारीसाधनहरू पनि सञ्चालन हुन थालेका हुन्। भ्रष्टाचार र बेथितिका विरुद्ध जेन–जी पुस्ताले गरेको आन्दोलनपछि देशको अवस्था नियन्त्रणबाहिर गएसँगै रुपन्देहीमा पनि दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी तोडफोड भएका थिए।

निजी सम्पत्तिहरूमा लुटपाट, तोडफोड र आगजनी भएका थिए। जनजीवन सामान्य बनेसँगै बजारमा सर्वसाधारणको चहलपहल बढेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले बताए। भैरहवाको बजार ९० प्रतिशत खुलेको उनले बताए।