मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:५५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५५:oo

वीरगन्जमा हैजा संक्रमणको अवस्था कस्तो छ ? 
शुक्रबार र शनिबारको ‘ट्रेन्ड’ हेर्दा यो घट्दो क्रममै छ । बिरामीको ‘प्रेसर’ त हामीकहाँ यसै पनि बढी हुने नै भयो । हामीकहाँ औषधिदेखि सबै प्रकारका परीक्षण नि:शुल्क नै गरेका छौँ । हामी मिर्गौला संक्रमित हैजाका बिरामीलाई डाइलाइसिस सेवासमेत नि:शुल्क गरेका छौँ । त्यसले गर्दा अन्यत्रका बिरामीसमेत यतै आउँदा बिरामीको चाप त छ । तर, त्यो घट्दो ट्रेन्डमा देखिएकाले केही राहत भएको छ । तर, हामी अझै पनि ‘हाई अलर्ट’मै छौँ । फेरि चार–पाँच दिन घट्यो भन्दैमा यो शून्यमै झरिहाल्ने पनि होइन । त्यसैले, महानगरसित पनि सरसल्लाह गरेर तत्काल २५ सिट थप गर्ने तयारीमा हामी छौँ । 

कतै पूर्वतयारी, उपकरण व्यवस्थापन र जनशक्ति परिचालनमा समस्या भएको त होइन ?
ठ्याक्कै त्यस्तो त होइन । हामी तयारी अवस्थामै थियौँ । हामीसित सिट, परीक्षण उपकरण, जनशक्ति पर्याप्त भएकैले यो महामारीसित जुध्न सजिलो भएको हो । समुदायमा जनचेतना फैलाउने ‘डोर टु डोर’ अभियानमा ठुलो जनशक्ति परिचालन भएको छ । पानी शुद्धीकरण तथा व्यक्तिको सरसफाइलगायत आचरण शुद्धीकरणमा पनि जोड दिएका छौँ । आज (शनिबार) नवौँ दिन हो । पछिल्लो समयमा संक्रमण केही घट्न थालेको छ । अहिले यो हाम्रो नियन्त्रणमै छ, अनियन्त्रित भएको अवस्था होइन । यसले गर्दा यो छिटै नियन्त्रणमा आउनेमा हामी आशावादी छौँ । 

अबका दिनमा थप केकस्ता कदम चाल्दै हुनुहुन्छ ?
संक्रमणको सोर्स पानी नै भए पनि कहाँबाट सर्‍यो भन्ने यकिन हुन सकेको छैन । त्यसले गर्दा अहिले नियन्त्रणका लागि हामीले चालेका कदमलाई निरन्तरता दिन्छौँ । डब्लुएचओ र मन्त्रालयका टोली पनि सक्रिय छन् । समुदायलाई सचेत बनाउने अभियान जारी रहन्छ । भविष्यमा पुन: दोहोरिएमा पनि हामी तयारी अवस्थामै रहन्छौँ ।