
रिब्स र मल्पी इन्टरनेसनल ३१औँ ज्ञान कार्निभलअन्तर्गत महिला बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार रिब्सले मल्पी सिटीलाई ३०–८ ले पराजित गर्यो । रिब्सको जितमा इस्काले १३ स्कोर गरिन् ।
मल्पी इन्टरनेसनलले आयोजक ज्ञानोदयलाई ३९–१८ को फराकिलो अन्तरले हरायो । पुरुषतर्फको बास्केटबलमा रेडियन्ट पब्लिक, टिआइए र बाल दीक्षा सदनले अन्तिम चारको स्थान पक्का गरेका छन् । रेडियन्ट पब्लिकले मल्पी सिटीलाई ७२–६१ ले पाखा लगायो । रेडियन्टका सुशानले ३५ स्कोर गरे । टिआइएले हिमालयलाई ४७–२२ ले पन्छायो ।
टिआइएका वरदान थापाले १७ स्कोर गरे । बाल दीक्षा सदनले ज्ञानोदयमाथि ५३–४८ को जित दर्ता गर्यो । पुरुष फुटबलमा लिटिल एन्जल्सले द एक्सेल्सियर स्कुललाई २–० ले पराजित गर्यो । कार्निभलअन्तर्गत महिला मैत्रीपूर्ण नेटबलमा भानुभक्तले ज्ञानोदयलाई ३२–१९ ले हरायो ।