मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १६ सोमबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंक र निम्बजबिच ई–सिमका लागि सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार ११:५१:oo

 नबिल बैंक र निम्बजबिच डेटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डेटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्नेछन् । उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

यससँगै बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अस्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानडालगायत दुई सयभन्दा बढी देश र क्षेत्रका लागि डेटा ई–सिम लिन सक्नेछन् । बैंकका अनुसार विभिन्न देश र क्षेत्रमा भ्रमणमा जाने, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेले बैंकको एपबाटै सम्बन्धित देशको अन्तर्राष्ट्रिय डेटा प्लान खरिद गर्न सक्नेछन् । 

विदेश जानेबित्तिकै इन्टरनेटको समस्या हुने, सिम खरिदका लागि केवाइसी फाराम भर्नुपर्ने र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी यो सम्झौता गरिएको बजगाईंले बताए । साथै, उनले एपबाटै सजिलै आफूअनुकूलको डेटा प्याकेज खरिद गर्न सकिने जानकारी दिए ।यसका साथसाथै एनबैंक एपबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिनेछ । बैंकका अनुसार संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने उक्त अनुमतिपत्र एक सय ९० भन्दा बढी देशका लागि मान्य हुनेछ । 

छुटाउनुभयो की ?