मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
दीपक भट्ट रामेछाप
२o८२ भदौ १६ सोमबार ११:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न दाजुभाइले दिए निःशुल्क जग्गा

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार ११:५६:oo

गाउँमै सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न जग्गा अभाव भएपछि दुई दाजुभाइले सहरी स्वास्थ्य केन्द्रको नाममा निःशुल्क जग्गा दान गरेका छन्। सहरी स्वास्थ्य केन्द्रको नाममा जग्गा दान दिनेमा रामेछाप नगरपालिका– ८ बाबियाखर्कका लीलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले क्रमशः ०–८–०–० र ०–१४–०–० गरी कुल १–४–०–० (एक रोपनी चार आना) जग्गा आइतबार मालपोत कार्यालय रामेछापबाट रजिस्ट्रेसन पास गरी सहरी स्वास्थ्य केन्द्रलाई प्रदान गरेका हुन्।

जग्गा अभावमा गाउँमा सहरी स्वास्थ्य केन्द्र स्थापना हुन नसक्दा गाउँका ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, शारीरिक अशक्त र दीर्घरोगी बिरामीहरूले हजारौँ रुपैयाँ तिरेर स्वास्थ्य सेवा लिन टाढाटाढा जानुपर्ने बाध्यता थियो।

उक्त बाध्यतावाट मुक्त हुन गाउँमै स्वास्थ्य केन्द्र स्थापना गर्न आफ्नो परिवारले जग्गा दान दिएको र अब गाउँमै बिरामीहरूले सहज र सरल गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू आशावादी भएको जग्गाधनी उद्धवप्रसाद घिमिरेले जानकारी दिए। 
    
 

छुटाउनुभयो की ?