
महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंक ‘सम्पत्ति गुणस्तर’अन्तर्गतको विधामा सम्मानित भएको हो । शुक्रबार नयाँदिल्लीमा आयोजित ‘तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।
बैंकले सम्पत्तिको संरचना तथा यसको प्रभावकारी परिचालन र गुणस्तर सुधारमा उल्लेखनीय कार्य गरेबापत उक्त अवार्ड प्राप्त गरेको बताइएको हो । यो अवार्ड पाएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।