मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
Invalid date format १o:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानलाई २४ हजारमै पावर टिलर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२९:oo

दाङको तुलसीपुर उपमहानगरपालिकाले पालिकाभित्रका ८० किसान समूह तथा फर्महरूलाई अनुदानमा पावर टिलर वितरण गरेको छ । त्यस्तै, सातवटा चाफ कटर मेसिन र तीनवटा धान कुट्ने मेसिन सहयोग गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले ५० प्रतिशत अनुदानमा किसानलाई मेसिन वितरण गरेको जानकारी दिए । बोलपत्रमार्फत खरिद गर्दा पावर टिलरलाई ४७ हजार र चाफ कटरलाई ३७ हजार पाँच सय र दाना एवं धान कुट्ने मेसिनलाई ४२ हजार परेको उपमहानगरले जनाएको छ । 

‘यी उपकरण बजारमूल्यभन्दा सस्तोमा खरिद भएको छ,’ उनले भने ‘हामीले यसमा पनि ५० प्रतिशत अनुदान दिएका छौँ ।’ कृषि पेसा नै समृद्धिको आधार रहेको भन्दै किसानलाई प्रोत्साहन गर्न यो कार्य गरिएको उनको भनाइ छ ।

उपमहानगरपालिकाले प्रदान गरेका उपकरणको सही सदुपयोग गर्नुपर्नेसमेत उनले बताए । ‘हामीले यी मेसिन दिएका छौँ, यिनको सही सदुपयोग हुनुपर्छ,’ उनले भने ‘प्रयोग पनि नगर्ने, उल्टै बिक्री गर्नेजस्ता कार्य भएमा जफत गर्न पनि बाध्य हुनेछौँ ।’

कृषि उपकरण पाएपछि किसान पनि खुसी भएका छन् । बजारमा ७५ हजार रुपैयाँसम्म पर्ने मेसिन अनुदानमा २४ हजारमै पाउँदा खुसी भएको तुलसीपुर १९ स्थित दाङ भ्याली कृषि सहकारीका अध्यक्ष मनबहादुर बुढाथोकीले बताए।