१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन मन्त्री र चिकित्सक संघबिचको बैठक स्वास्थ्य मन्त्रालयमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१४:oo

चिकित्सक संघको आन्दोलनको विषयलाई समाधान गर्न सरोकारवाला निकाय र आन्दोलनरत पक्षबिच स्वास्थ्य मन्त्रालयमा बैठक सुरु भएको छ। स्वास्थ्य मन्त्रालयका केही समयअघिदेखि बैठक बसेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। 

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कानुनमन्त्री अजयकुमार चौरसिया सहभागी छन्। नेपाल चिकित्सक संघका अध्यक्ष अनिलबिक्रम कार्की, स्वास्थ्यसचिव विकास देवकाेटालगायत पनि बैठकमा सहभागी भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए। ‘बैठक केहीबेर अघि सुरु भएको छ, आज वार्ता हुन्छ, चिकित्सकहरूका मागबारे सरोकारवाला निकायले गम्भीर रूपमा चासो दिएको अवस्था छ । आज नै समाधान निस्किन्छ,’ उनले भने । 

चिकित्सकहरूको आन्दोलनका कारण सोमबार र मंगलबार देशभरका अस्पतालमा ओपिडी सेवा ठप्प छ । उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकहरू आन्दोलित बनेका हुन् । 

चिकित्सक संघले सो फैसला कार्यान्वयन नगर्न र कानुन संशोधन गर्न माग राखेको छ। आन्दोलनरत चिकित्सकहरूले आज बिहान ११ बजे माइतीघर मण्डलामा प्रदर्शनसमेत गरे।