१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
२o८२ असार २४ मंगलबार २२:३८:oo
Read Time : > 1 मिनेट
समाचार

वडाले बाँड्यो दलित बस्तीमा ग्याँस सिलिण्डरसहितको चुलो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार २२:३८:oo

सिरहाको बरियारपट्टि गाउँपालिका–३ बरियारपट्टिस्थित दलित बस्तीमा वडा कार्यालयले ग्याँस सिलिण्डरसहितको चुलो बाँडेको छ । ज्याला मजदूरी गरेर जोहो गरेको अनाज पनि धुँवा आउने माटोको चुलोमा गुइँठा, पातपतिङ्गर बालेर पकाउन बाध्य दलितहरू ग्याँस चुलो पाएपछि फुरुङ्ग भएका छन् । 

बरियारपट्टि– ३ चमार टोलकी करिब ४९ वर्षीया बिन्दादेवी रामले वडा कार्यालयले सिलिण्डरसहित ग्याँस चुलो दिएपछि धुँवामा बस्नु पर्ने बाध्यता अन्त्य भएको सुनाइन् । ‘मजदूरी गरेर ल्याएको अनाज पकाएर खान पनि पातपतिङ्गर, खाजेर ल्याएको दाउरा बाल्नै पथ्र्योे’ उनले भनिन् ‘त्यसबाट निस्किने धुँवाबाट मुक्ति पाउने भएँ ।’ 

दलित बस्तीको घर घरमा ग्याँस चुलो
बरियारपट्टि गाउँपालिका–३ का वडाध्यक्ष विनोदकुमार यादवले हातमुख जोड्न समेत दैनिक मजदूरी गर्न बाध्य दलित बस्तीका बासिन्दालाई धुँवाबाट मुक्त गर्न ग्याँस चुलो बाँडिएको बताए । ‘रुखबाट खसेका पात पतिङ्गर, बस्ती छेउछाउका खेतबारीमा छोडिएका पराल बटुलेर खाना पकाउँथे,’ उनले भने, ‘पातपतिङ्गरले खाना पकाउँदा सुख्खा मौसममा आगलागीको जोखिम हटाउन वडाबाट बजेट छुट्याएर सिलिण्डरसहित ग्याँस चुलो, लाइटर, पाइप समेत बाँडिएको हो ।’

उनका अनुसार आर्थिक वर्ष ०८१÷०८२ को वडा स्तरीय १० लाख रुपैयाँ बजेटबाट वडा क्षेत्रमा पर्ने चमार बस्तीका ७०, १७ घरधुरी डोम र ३९ घरधुरी साफी परिवारलाई एक÷एक थान सिलिण्डर, ग्याँस चुलो, पाइप र लाइटर बाँडिएको हो । उनले भने ‘आगामी आव ०८२/०८३ मा पनि १० लाख बजेट छुट्याएको छु, त्यो बजेटले मण्डल र मुखिया परिवारलाई बाँड्ने योजना छ ।’ त्यति बाँडेपछि वडाक्षेत्रमा पर्ने दलित बस्तीको घर घरमा ग्याँस चुलो हुनेछ । 

यसअघि वडा कार्यालयले रामपुर पिप्रा सडक खण्डअन्तर्गत गाउँपालिका कार्यालय नजिकै रहेको तिलैया गाउँको दुई टोलमा ६० र नेपाल–भारत सीमा नजिकै रहेको मुसहर बस्तीका ३९ गरी ९९ घरधुरी मुसहरलाई सिलिण्डरसहित ग्याँस चुलो जडान गरिदिएको उनले बताए । उनका अनुसार आव ०८०/०८१ मा वडा कार्यालयको बजेटमध्ये नौ लाख छुट्याएर मुसहर बस्तीमा सिलिण्डरसहित ग्याँस चुलो वितरण गरिएको थियो ।