१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

व्यापार घाटा झन्डै १४ खर्ब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कुल व्यापार घाटा झन्डै रु. १४ खर्बबराबर पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब ९७ अर्ब २३ करोडबराबर पुगेको छ । कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा १.८ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.६ प्रतिशत, १५.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल–धान यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, खानेतेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइलालगायतका वस्तुको आयात घटेको छ ।

निर्यातततर्फ भैरहवा, विराटनगर, वीरगन्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगन्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु. एक खर्ब ६७ अर्ब ३० करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. एक खर्ब ३७ अर्ब १३ करोडबराबरको भएको थियो । आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२ प्रतिशत, तीन प्रतिशत र ४.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटोलगायतका वस्तुको निर्यात बढेको छ भने पामतेल, जिंक सिट, जुस, तयारी पोसाक, अलैँचीलगायतका वस्तुको निर्यात घटेको छ । रासस