१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४o:oo

चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोडबराबरको विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी, जेठ महिनाको विप्रेषण आप्रवाह रु. एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो आप्रवाह रु. एक खर्ब २८ अर्ब ९१ करोड थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष सोही किसिमको आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको थियो ।


समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो आय रु. १४ खर्ब ४३ अर्ब १० करोड थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख आठ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या क्रमशः चार लाख २१ हजार ३५६ र दुई लाख ६१ हजार २१० थियो ।