१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

जनकपुरधाम उपमहानगरपालिका– १६, कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदी–बहिनीको मृत्यु भएको छ । उनीहरूको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए । दुवैजनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।