१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २० मंगलबार ११:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालीमाटीमा भित्रिँदाभित्रिँदैका १७४ तरकारीको विषादी परीक्षण 

संकलित नमुनाको प्रारम्भिक परीक्षणमा विषादीको अवषेश मापदण्डभित्र देखियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार ११:२९:oo

काठमाडौंको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान)सहित सोमबार राति १० बजेदेखि विहान ३ बजेसम्म  भित्रिँदै गरेका १७४ वटा नमुना लिएर स्थलगत परीक्षण गर्दा यो नतिजा प्राप्त भएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले भने, ‘नेपालका करिब २० जिल्लाबाट भित्रिएका तरकारीको नमुना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको भेटिएको हो।’ उनका  अनुसार फलफूलमा लिचीको नमुना लिइएको थियो। यस्तै सुकेको माछाको पनि नमुना लिएर परीक्षण गरिएको थियो । 

परीक्षणमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. सुवेदी, खाद्य अनुसन्धान अधिकृत सुशान्त निरौला, अनुसन्धान अधिकृत पदम भुसाल, महानगरपालिकाका फुड टेक्नोलोजिस्ट अशोक पराजुली सहभागी थिए । परीक्षणका लागि काँक्रो, घिरौँला, तितेकरेला, आलु, भन्टा, काउली, बन्दाकोभी, सिमी, धनियाँलगायत तरकारीको नमुना लिइएको थियो। तरकारी बजारमा फलफूल नआउने भएकाले  फलफूलमा लिचीको नमुना लिइएको थियो। संकलित नमुनाहरूको आरबिपिआर (र्‍यापिड बायोसे अफ पेस्टिसाइड्स रिसिड्युज) विधिबाट अर्गानोफोस्पेट र कार्बामेट समूहका विषादीहरू परीक्षण गरिएको हो। 

संकलित तरकारीका नमुनाहरू चितवन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सर्लाही, धादिङ्, नुवाकोटलगायत जिल्लाका विभिन्न स्थानबाट ल्याइएका थिए। 

छुटाउनुभयो की ?