१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २१ बुधबार o७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालेनलाई ‘कमजोर बनाउन’ काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेमाथि कारबाही

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गर्दा अवरोध गरेको भन्दै सोधिएको थियो स्पष्टीकरण, ६ महिना निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार o७:५१:oo

महानगरपालिका मेयर बालेनलाई ‘कमजोर बनाउन’ उनलाई साथ दिँदै आएका नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई कारबाही गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मंगलबार पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

आफूलाई कार्यालय प्रवेश गर्दा अवरोध गरेको विषयमा प्रतिशोध साँध्दै गुरागाईंले पाण्डेमाथि कारबाही गरेका हुन् । निलम्बन गर्नुअघि पाण्डेलाई एक साताको स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नआएको भन्दै गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका हुन् । पाण्डे बालेननिकट मानिन्छन् । गत २१ चैतमा कार्यालय फर्किएका गुरागाईंलाई कर्मचारी र जनप्रतिनिधिले ढोका फुटाएर कार्यालय प्रवेश गराएका थिए । त्यसयता बालेन र गुरागाईंको बोलचाल बन्द छ । 

पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यु टावरको नक्सापासमा अनियमितता गरेको भन्दै बालेनले गुरागाईंलाई कारबाहीको माग गरिरहेका थिए । मेयर सचिवालयले सामान्य प्रशासन मन्त्रालयमा उनीमाथि कारबाही हुनुपर्ने आधारसमेत पेस गरेको थियो । तर, कुनै गल्ती नदेखिएको भन्दै २१ चैतमा गुरागाईंलाई मन्त्रालयले काममा फर्काएको थियो । सो दिन नगर प्रहरी प्रमुख पाण्डेले आफूलाई असहयोग गरेको र कार्यालय प्रवेश गर्दा रोकेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले कारबाही गरेका हुन् ।

पाण्डेलाई प्रशासकीय अधिकृत गुरागाईंले सार्वजनिक रूपमा अभिव्यक्ति नदिनसमेत भनेका छन् । पाण्डे निलम्बनमा परेसँगै नगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ । पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समितिसमेत गठन भएको छ । पाण्डेले आफूलाई कारबाही गरिएको कारण सबैलाई थाहा भएको र किन कारबाही गरियो भन्ने विषय स्पष्ट रहेको बताए । ‘मैले के गर्न खोजेको थिएँ, नगर प्रहरी कस्तो थियो कस्तो बनाएँ, त्यो कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘किन मलाई यस्तो गरियो सबैले बुझ्नुभएकै छ ।’