
नेपाल र हङकङबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।
बिहीबार हङकङको सो कोन पो रंगशालामा दुवै टोलीले़ गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन्। नेपालका कप्तान किरणकुमार लिम्बूले आधा दर्जनभन्दा बढी प्रहार रोकेका थिए। खेलमा युवा खेलाडी सृजनराज गौतमले गौतमले डेब्यु गरेका छन्।'
नेपालले पाँच दिनपछि सन् २०२७ मा हुने एएफसी एसिया कप छनोटको तेस्रो चरणमा लाओससँग उसैको घरमा खेल्ने तालिका छ।