१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरदरभन्दा १५ दिनअघि नै नेपाल भित्रियो मनसुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

यसपालिको दक्षिण एसियाली मनसुन सरदरभन्दा १५ दिनअगाडि नै नेपाल भित्रिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुन विस्तार भएको छ। फलस्वरूप कोशीका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ।

नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्‍ने महाशाखाले जनाएको छ। हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् छ।

यसपालिको मनसुनमा देशभर सरदरभन्दा बढी वर्षा हुने र त्यसमा पनि लुम्बिनी, गण्डकी र कर्णालीका अझ धेरै वर्षा हुने आकलन जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ।

विपत् व्यवस्थापन प्राधिकरणले पनि बाढीपहिरोलगायत विपतबाट २० लाख नागरिक प्रभावित हुन सक्ने र एक लाख प्रत्यक्ष प्रभावित हुने आकलन गरेको छ।