
कुमारी बैंकको एटिएम तथा पिओएस (पोइन्ट अफ सेल) टर्मिनलमा मास्टर कार्ड प्रयोग गर्न सकिने भएको छ । यो सुविधा देशभरका बैंकका सम्पूर्ण एटिएम तथा पिओएस टर्मिनलमा उपलब्ध हुनेछ । बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव दिलाउन यो सुविधा ल्याएको पनि जनाएको छ ।
यससँगै मास्टर कार्ड प्रयोगकर्ताले बैंकको एटिएममार्फत रकम झिक्न र पिओएस टर्मिनलमार्फत खरिद भुक्तानी सहजै गर्न सक्नेछन् । यो सुविधाले ग्राहक तथा व्यापारी दुवैलाई लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभरका तीन सय दुई शाखा सञ्जाल, तीन सय १८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।