१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २१ बुधबार oo:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद

विराट कोहलीले १८ वर्षसम्म पर्खिएको क्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार oo:४६:oo

इन्डियन प्रिमियर लिग २०२५ को फाइनल खेलमा जब अन्तिम बल फालियो विराट कोहलीले आफुलाई सम्हाल्न सकेनन्। घोप्टो परेर रोए। किनकी यो उनका लागि सामान्य क्षण थिएन, जसको उनले १८ वर्षदेखि यसको प्रतिक्षा गरेका थिए। 

आइपिएलमा रोयल च्यालेन्सजर्स बेंगलरु(आरसिबी)ले १८ वर्षको इतिहासमा पहिलोपटक उपाधि जितेको हो। आइपिएको इतिहास हरेक सिजनमा कोहली खेल्दै आएका छन्। अझ रोचक त के छ भने उनी निरन्तर बेंगलुरु टिमबाट मात्र खेल्दै आएका छन्। जसरकारण कोहली र उनको टिमका लागि १८ वर्षपछिको सफलता बिशेष बनेको छ। 

जितपछि विराटले भनेका छन्,‘यो टिमका लागि युवा अवस्था दिएको छु, जीवनको प्राइम समय दिएको छु र मेरो अनुभव दिएको छु, हरेक सिजनमा टिमलाई जिताउन सक्दो प्रयास गर्दै आएको थिएँ, यो दिन आउँछ भनेर सोचेको थिइन, अविस्वसनिय अनुभुति भएको छ।’ 

फाइनलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आइसिबीले पहिलोपटक उपाधि चुमेको हो। 
त्यसो त आइपिएलको इतिहासमा सबैभन्दा धेरै रन प्रहार गर्ने खेलाडीमा कोहली १ नम्बरमा छन्। सन् २००८ देखि निरन्तर आइपिएल खेल्दै आएका उनले २६७ खेलमा ८६६१ रन प्रहार गरेका छन्। 

यो सिजनमा पनि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन्। 

 

 


 

छुटाउनुभयो की ?