१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
२o८२ जेठ २० मंगलबार २२:o९:oo
Read Time : > 1 मिनेट
समाचार

मधेशमा चीन सरकारको सहयोग

धनुषाका विद्यालय र प्रादेशिक अस्पताल जनकपुरलाई सामाग्री हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार २२:o९:oo

चीन ग्रामीण विकास प्रतिष्ठान (सिएफआरडी) ले जनवादी गणतन्त्र चीनको नेपालस्थित दूतावासको आर्थिक सहयोग तथा सिएफआरडीको साझेदारीमा मंगलवार धनुषाका दुई सामुदायिक विद्यालयलाई डेस्कबेन्च, स्मार्टबोर्डलगायतका सामाग्री हस्तान्तरण गरेको छ । यस्तै, प्रादेशिक अस्पताल जनकपुरको बर्थिग शाखामा बिरामीको लागि पाँच थान एसी लगाइदिएको छ  । मधेश प्रदेशमा शैक्षिक पूर्वाधार र सामुदायिक कल्याण सुधार गर्ने उद्देश्यले परियोजना ल्याइएको आयोजकले बताएको छ । 

‘भविष्य उज्यालो बनाउने’ शिक्षा परियोजनाअन्तर्गत जनकपुर उपमहानगरपालिका ९ र १७ स्थित सरस्वती मावि नामकै दुई विद्यालयलाई पठन पाठनमा सहयोग पुग्ने गरी विविध सामाग्री प्रदान गरिएको हो । 

वडा नम्बर ९ स्थित सरस्वती माविमा सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल, चीन र भारत जस्ता दुई ठूला शक्तिशाली देशको बिचमा रहेको र दुई देशको माया पाइरहेको बताए । यस अवसरलाई नेपालले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा सांसद जुली महतोले मधेश प्रदेशमा चीन सरकारले सहयोग सुरुवात गरेकोमा धन्यवाद व्यक्त गरिन । सिएफआरडी नेपाल कार्यालयकी निर्देशक सु जोउ झी च्याङले स्थानीय सरकार र समुदायले देखाएको विश्वासप्रति आभार प्रकट गरिन् । यस्ता परियोजनाहरूले नेपालका ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । 

सामग्री हस्तान्तरण कार्यक्रममा चिनियाँ दूतावासका व्यापार परामर्शदातासिएयु, सिएफआरडी नेपाल कार्यालयकी निर्देशक सु जोउ र  मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्तलगायतको उपस्थिति थियो । 

प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले आरामदायी सुत्केरी अभियान नामक परियोजनाअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको बर्थिंग सेन्टरमा जडान गरिएको एसी हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । 

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको सन्दर्भमा आयोजित उक्त कार्यक्रम दुई राष्ट्रबिचको मित्रता र सहकार्यको प्रतीकको रूपमा उक्त सहयोगलाई लिइएको थियो । 

सन् २०१६ देखि २०२५ सम्म सिएफआरडीले ३० हजारभन्दा बढी विद्यार्थीलाई ‘लभ प्याकेज’ र ‘वार्म प्याकेज’ प्रदान गरेको छ । सन् २०२४ मा यूएनडिपी र सिएफआरडीको सहकार्यमा २५ विद्यालयका १८ हजार विद्यार्थी र नौ हजार महामारी प्रभावित परिवारलाई जीविकोपार्जन सहयोग गरिएको थियो । सन् २०१८ को चक्रवात तथा सन् २०२४ को आगलागीपछिको राहत वितरण तथा कोभिड महामारीका बेला सरसफाइ, आइसोलेसन केन्द्र र अक्सिजन स्टेसन निर्माणमा पनि चीनले सहयोग गरेको थियो ।

 


 

छुटाउनुभयो की ?