१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
२o८२ जेठ १९ सोमबार १o:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विषादीको मात्रा अत्यधिक पाइएपछि २,२६० किलो आँप जफत

विषादीको अवशेष ३५ भन्दा कम हुनुपर्नेमा ६२ भन्दा बढी पाइएपछि धनगढी उपमहानगरपालिकाद्वारा नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १o:१२:oo

बजारमा बिक्री भइरहेको आँपमा विषादीको मात्रा अत्यधिक रहेको पाइएपछि धनगढी उपमहानगरपालिकाले दुई हजार दुई सय ६० किलो आँप जफत गरेर खाल्डोमा गाडेको छ । धनगढी सहिद गेटस्थित कृषि थोकबजारमा रहेको जयश्री माँ जानकी स्टोरमा राखिएको आँपको परीक्षण गर्दा अत्यधिक विषादी पाइएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले विषादीको अवशेष ३५ अंकभन्दा कम हुनुपर्नेमा ६२ भन्दा बढी देखिएको बताए । ती आँप भारतबाट आयात गरिएको खुलेको उनले जानकारी दिए । यसरी अत्यधिक विषादी प्रयोग गरिएको वस्तुले स्वास्थ्यलाई गम्भीर असर गर्ने उनले बताए ।

बजार अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष द्रुत परीक्षण कार्यालय अत्तरियाको सहयोगमा विषादीको मात्रा परीक्षण गरिएको उपमहानगरले जनाएको छ । कृषि थोकबजारबाट भिन्डी, काँक्रो, टमाटर, केरा, अंगुर, स्याउको नमुना लिएर परीक्षण गर्दा ती वस्तुमा भने विषादीको मात्रा सामान्य पाइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मल्लले बताए ।

छुटाउनुभयो की ?