१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
२o८२ जेठ १९ सोमबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रांगारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार ११:५१:oo

 दाङको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्रांगारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका– ५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन । 

सो वन उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने घाँस र पातपतिंगरलाई उपयोग गरेर प्रांगारिक मल उत्पादन गर्न थालेपछि यो कार्यमा सहयोग पुगेको हो । वन क्षेत्रमा जलेर, कुहिएर नष्ट हुने घाँस र स्याउलालाई उपयोग गरेर गत वर्षदेखि प्रांगारिक मल उत्पादन गर्न थालिएको छ ।

समूहका अध्यक्ष पवन शर्मा रिजालका अनुसार पातपतिंगरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी वन समूह अघि बढेको बताए । 

छुटाउनुभयो की ?