
पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बलियो भनिएको सरकारले बलियो बजेट ल्याउन नसकेको प्रतिक्रिया दिएका छन्।
संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै पुनले भने, ‘समग्रमा भन्दा बलियो भनिएको सरकारले ल्याएको बजेट बलियो देखिएन। आकार अलि ठुलो भयो।’
बजेट छरिएर आएको भन्दै उनले थपे, ‘के गर्न खोजिएको भन्ने कुरा देखिएन। गत वर्ष हामीले अर्थतन्त्र रूपान्तरणका पाँच क्षेत्र भनेका थियौँ, अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन।’
बजेट आशा जगाउने खालको नभएको भन्दै पूर्वअर्थमन्त्री पुनले कुनै विशेष नरहेको बताए।