मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Friday, 18 July, 2025
कमलराज भट्ट काठमाडाैं
२o८२ जेठ १६ शुक्रबार o५:४९:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भिजिट भिसामा उम्किन गृहमन्त्री लेखकले झुट बोलेको भन्दै रास्वपाको आपत्ति : ०७९ पुसमा आएको पार्टीले ०७८ मा सिडिओ कसरी सरुवा गर्छ ?

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार o५:४९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले गलत तथ्यहरू पेस गरेको भन्दै आपत्ति जनाएको छ । यस प्रकरणमा अनुसन्धानमा तानिएका अध्यागमन विभागका निर्देशक तीर्थ भट्टराईलाई गृहमन्त्री हुँदा रवि लामिछानेले जिम्मेवारी दिएको भन्ने गृहमन्त्री लेखकको अभिव्यक्तिप्रति रास्वापले आपत्ति जनाएको हो । 

‘तीर्थ भट्टराईजीलाई ०७८ सालमा मोरङको सिडिओ सरुवा गरियो, जुन तत्कालीन गृहमन्त्री रवि लामिछानेज्यूले गर्नुभयो भनेर उहाँले बोल्नुभयो,’ बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले भने, ‘हेर्नुस् त कति झुटो ! हाम्रो पार्टी ०७९ असार ७ मा दर्ता भयो । अनि हामीबाट कसरी ०७८ मै सिडिओ सरुवा हुन्छ ? हामीले त ०७९ पुस ७ मा सांसदको शपथ लिएका हौँ । अनि ०७८ मा सरुवा हामी कसरी गर्छाैँ ?’ 

झाले गृहमन्त्री लेखकले अर्काे पनि गलत तथ्य पेस गरेको उल्लेख गरे । ‘रवि लामिछाने गृहमन्त्री हुँदा उहाँले भट्टराईलाई जिम्मेवारी दिएको भनेर लेखकले भन्नुभयो,’ उनले भने, ‘जबकि गृहमन्त्री रवि लामिछाने हुँदै गर्दा तीर्थ भट्टराई मन्त्रालयमा कसुरजन्य व्यवस्थापन विभागको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँ अहिलेको जिम्मेवारीमा हुनुहुन्थेन ।’ 

रविको विषयमा परेको उजुरीबारे पनि गृहमन्त्री झाले गलत विवरण पेस गरेको झाले बताए । ‘रवि लामिछाने गृहमन्त्री हुँदा नै उजुरीहरू दर्ता भएको थियो भन्नुभयो । तर, त्यसवेला उजुरी दर्ता भएको थिएन । अनुप भट्टराई अधिवक्ताले उजुरी छ भन्दै गर्दा सर्वाेच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले कुनै पनि उजुरी देखिएको छैन भनेर स्पष्टीकरण नै दिएको थियो । उहाँले यो सफेद झुट बोलिदिनुभयो,’ उनले भने ।