Skip This
भारतीय प्रहरी कुट्ने दुईजना पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय प्रहरी कुट्ने दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १२:१६:oo

नेपाल–भारत सीमासँगै जोडिएको जलेश्वर नगरपालिका– ५ चौरियास्थित नेपालको सीमाभित्र भारतीय प्रहरी कुटिएका छन् । सादा पोसाकमा नेपालको सीमाभित्र आइपुगेका भारतको सीतामढी जिल्लाको भिठामोड थानाका प्रमुख असइ रविकान्त कुमार कुटिएका हुन् । उनीसँगै उनका एक सहयोगी प्रहरीसमेत घाइते भएको बताइएको छ । बुधबार राति नेपाल–भारत सीमाबाट करिब तीन सयदेखि चार सय मिटरभित्र आइपुगेका उनीहरू केही व्यक्तिहरूबाट कुटिएका हुन् ।

घटनाको जानकारीलगत्तै पुगेको नेपाल प्रहरीको टोलीले भिठामोड थानाध्यक्ष रविकान्त कुमारको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार गराई थप उपचारका लागि भारतीय सुरक्षाकर्मीकै जिम्मा लगाएका छन् । यता नाम खुल्न नसकेका उनका एक सहयोगी घाइते भई उपचारका लागि भारतकै सीतामढीमा भर्ना छन् भने अर्का सहयोगी भारतमै सुरक्षित रहेको भारतीय मिडियाकर्मीहरूले जनाएका छन् ।

महोत्तरी प्रहरीले सोही घटनामा भारतीय प्रहरीलाई कुटपिट गरेको भन्दै स्थानीय रामशंकर चौधरीका २४ वर्षीय छोरा सोनु चौधरी र सोही ठाउँ निवासी रत्नेश चौधरीका छोरा रूपेश चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले घटना घटिसकेपछि प्रहरीले जानकारी पाएकोमा घटनास्थल पुगेर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको बताउँदै पूर्ण अनुसन्धानपछि मात्र घटनाबारे सत्यतथ्य बाहिर आउने बताए ।