Skip This
आलमलाई सफाइ दिने ‘बहादुर’ न्यायाधीशलाई नेपाली जनताले बिर्सन सक्दैनन् : नारायणकाजी श्रेष्ठ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १५ बिहीबार १४:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आलमलाई सफाइ दिने ‘बहादुर’ न्यायाधीशलाई नेपाली जनताले बिर्सन सक्दैनन् : नारायणकाजी श्रेष्ठ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १४:४८:oo

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोहम्मद अफताब आलमलाई सफाइ दिने  ‘बहादुर ’ न्यायाधीशलाई नेपाली जनताले बिर्सन नसक्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले जिल्ला अदालतबाट जन्मकैदको सजाय पाइरहेकालाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकको रूपमा दर्ज भएको उल्लेख गरे ।

‘कलंकको कालो टीका लगाएर कालो दिन परिणत गर्ने  ‘बहादुर ’ न्यायाधीशहरूलाई नेपाली जनताले कहिले बिर्सने छैनन्,’ उनले लेखेका छन् ।

त्यस्ता, अपराधमा संलग्न व्यक्तिहरू समाजमा निर्दाेष बन्दै हिँड्ने स्थितिले समाजमा र आमनागरिकमा कस्तो कहालीलाग्दो स्थिति उत्पन्न गर्दछ भनेर प्रश्न गरेका छन् । उनले यसको जिम्मेवारी कसले लिने ? भनेर सोधेका छन् ।