Skip This
पर्यटन विकासमा सहयोगी बजेट : हान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १६ शुक्रबार १२:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटन विकासमा सहयोगी बजेट : हान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १२:४५:oo

संघीय संसदमा पेस भएको आगामी आर्थिक वर्ष ०८२/८३ को राष्ट्रिय बजेटमा होटेल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत् महसुल छुट दिने घोषणाको होटेल संघ नेपालले स्वागत गरेको छ।

संघका अध्यक्ष विनायक शाहले दशकौँदेखिको यो माग पूरा भएकोमा नेपाल सरकार तथा विशेष गरी अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै सरकारको यो घोषणाले होटेल उद्योले पुर्‍याएको योगदानको कदर भएको बताएका छन्।

बजेटको सकारात्मक पक्षको चर्चा गर्दै अध्यक्ष शाहले नेपाली होटेल उद्योगको बढ्दो क्षमताको अधिकतम उपयोग गर्न पर्यटकको आगमन बढाउन बजेटले काठमाडौं, पोखरा, भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरूको सेवा र सञ्जालको द्रुत विस्तार गर्दै पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नति भइरहेका राष्ट्रिय राजमार्गहरूको समयबद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्।

पर्यटन क्षेत्रबाट देशले पाउने व्यापक आर्थिक लाभ बढाउन बजेटले पर्यटकहरूको बसाई लम्बाउन र उनीहरूको खर्च बढाउन उच्च हिमाली, पहाडी, तराईका साथै प्रदेशका थप पर्यटकीय गन्तव्यहरूको विकास र पर्यटकहरूले गर्ने साहसिक, धार्मिक, सांस्कृतिक, चलचित्र, आरोग्य, खेललगायतका पर्यटकीय गतिविधिहरू बढाउन लिएको पहल सकारात्मक रहेको होटेल संघ नेपालले जनाएको छ।

दुई प्रतिशत विलाशिता कर र १३ प्रतिशत हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धिकर नहटेको परिप्रेक्ष्यमा स्वदेशी पर्यटकीय सेवा महँगो भई कम प्रतिस्पर्धी भएको अवस्थामा घोषित पर्यटकीय विकासका कार्यहरू प्रभावकारी कार्यान्वयन गरी सेवाको स्तरीयता र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको पनि संघले जनाएको छ।