Skip This
गण्डकी प्रदेशमा सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार १२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेशमा सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १२:३o:oo

गण्डकी प्रदेश सरकारले जारीको गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानुनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गनुपर्ने मागसहित गरिएको सार्वजनिक सवारीसाधन बन्दका कारण आज सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको छ ।
    
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीले उक्त नियमावलीको विरोधमा आजदेखि सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् । सार्वजनिक यातायात सेवा बन्द भएका कारण टाढाटाढा जानुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

पोखरा ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले आफूहरूको आन्दोलनका कारण आज बिहानैदेखि आज गण्डकी प्रदेशभित्र ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा बन्द भएको बताए । उनले आजदेखि गण्डकीभित्र र जेठ १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने कार्यक्रम रहेको बताए।