Skip This
सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार १३:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १३:१३:oo

सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै छ। प्रदेश प्रमुख नजिर मियाँले अपराह्न ४ बजे प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नेछन्।

प्रदेश सभा सचिवालयले आजको बैठकमा नीति तथा कार्यक्रम मात्र कार्यसूचीमा रहेको जनाएको छ। सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा वाचन गर्ने व्यवस्था छ। सदनमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत गर्ने तयारी छ। नीति तथा कार्यक्रमका आधारमा सरकारले बजेट निर्माण गर्नेछ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेका थिए। बजेटका सिद्धान्त र प्राथमिकतामा सरकारले आगामी वर्ष टुक्रे योजना कटौती गर्ने, रुपान्तकरणकारी योजनालाई प्राथमिकता दिने जनाएको छ।

त्यस्तै, कृषिको व्यवसायीकरण र आधुनिकीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनालाई प्राथमिकता दिनेलगायत विषयलाई प्राथमिकतामा राखिएको छ।