Skip This
खतिवडाको अध्यक्षतामा फिनेको बागमती कमिटी गठन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ४ आइतबार १८:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

खतिवडाको अध्यक्षतामा फिनेको बागमती कमिटी गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १८:o१:oo

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको छ।

शनिबार काठमाडौंस्थित ठमेलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश कमिटीको कार्यसमिति निर्विरोध चयन भएको हो।

फिनेका नेपाल संयोजक रामशरण थापा र आइसी सचिव दिपेन घलेको संयोजकत्वमा गठन भएको कार्यसमितिमा अध्यक्ष खतिवडासहित वरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकितराज पाण्डे, कोषाध्यक्षमा धनवीर श्रेष्ठ, सहकोषाध्यक्षमा देवीश्री पन्त तथा सदस्यहरूमा श्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाईं र सुदीप थापा चयन भएका छन्।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न गरेको यो प्रयासको प्रशंसा गरे। उनले युवा उद्यमीहरूको यो प्रयासलाई सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

फिनेका अध्यक्ष शाहले विश्वका अन्य मुलुकसँगै नेपालका सातै प्रदेशमा फिनेको कार्यसमिति विस्तार गर्ने उद्देश्यअनुसार बागमती प्रदेश कमिटी गठन गरिएको बताए। फिनेका उपाध्यक्ष एवं एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले स्थापनाको छोटो समयमै फिनेले ९ वटा देशमा आफ्नो संजाल विस्तार गरिसकेको जानकारी दिए।

↑