
सन् १८८६ : दुई वर्षअघि कामदारको काम अवधि आठ घण्टा बनाउनुपर्ने मागको समयसीमा नाघेपछि अमेरिकाभर आमहडताल आयोजना गरियो । यही हडतालका क्रममा चार दिनपछि सिकागोको हेमार्केट चोकमा प्रहरीसँग भएको झडपमा कैयाैँको ज्यान गयो । यसले विश्वभर श्रमिक अधिकारको मागलाई थप बल प्रदान गर्यो ।
सन् १७०७ : ‘एकता विधेयक (एक्ट्स अफ युनियन) कार्यान्वयनमा आएसँगै इंग्ल्यान्ड र स्कटल्यान्डको राजनीतिक एकीकरण भएर संयुक्त अधिराज्य निर्माण भयो ।
सन् १८४० : बेलायतमा विश्वमा पहिलो चिठीमा हुलाक टिकटको प्रयोग भयो । ‘द पेनी ब्ल्याक’ नामक टिकटमा देशकी महारानी भिक्टोरियाको तस्बिर अंकित थियो ।
सन् १८८४ : अमेरिकी श्रमिकको महासंघ ‘युनाइटेड स्टेट्स फेडरेसन अफ अर्गनाइज्ड ट्रेड एन्ड लेबर युनियन्स’ले दुई वर्षभित्र श्रमिकको काम गर्ने समय आठ घण्टामा घटाउनुपर्ने समयसीमा तोक्यो । यो विश्वभरका श्रमिकको माग बन्न पुग्यो ।
सन् १८८९ : पेरिसमा बसेको दोस्रो अन्तर्राष्ट्रिय कंग्रेसले सिकागोमा भएको मजदुर प्रदर्शनको सम्झनामा मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मान्नुपर्ने आह्वान गर्यो ।
सन् १९४१ : विश्वको सबैभन्दा प्रतिष्ठितमध्ये एक फिल्म ‘सिटिजन केन’ आजकै दिन न्युयोर्क सहरमा प्रदर्शनमा आयो ।
सन् १९६० : तत्कालीन भारतीय राज्य बम्बेलाई भाषिक आधारमा गुजरात र महाराष्ट्र दुई राज्यमा विभाजित गरियो ।
सन् १९६४ : अमेरिकाको थार्टमाउथ कलेजमा पहिलोपटक कम्प्युटरमा बेसिक प्रोग्राम चल्यो । यसले कम्प्युटरलाई आममानिसले बुझ्न सघाएर कम्प्युटिङको नयाँ युद्ध सुरु गर्न सघायो ।
सन् १९७९ : ग्रिनल्यान्डलाई डेनमार्कभित्रै स्वशासनको अधिकार प्रदान गरियो ।
सन् २००३ : जर्ज डब्लु बुसले इराक युद्धको मुख्य सैन्य अभियान अन्त्य भएको घोषणा गरे । तर, इराकमा अझै लामो समय युद्ध चल्यो ।
सन् २००४ : युरोपेली संघको सबैभन्दा ठुलो विस्तार मानिएको यस दिनमा साइप्रस, चेक गणतन्त्र, एस्टोनिया, हंगेरी, लात्भिया, लिथुआनिया, माल्टा, पोल्यान्ड, स्लोभाकिया र स्लोभानिया एकैपटक संघको सदस्य भए ।