
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्राको विहीवार शंकास्पद मृत्यु भएको छ । वीरगञ्जकी १९ बर्षीय छात्रा प्रिसा साह छात्राबासस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
नयाँदिल्लीस्थित नेपाली राजदुताबासका काउन्सिलर सञ्जिब शर्मा दासका अनुसार स्थानीय प्रहरीले उनको आत्महत्या भएको हुनसक्ने आशंका गरेको छ । यद्यपी प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।
यसअघि सोही कलेजमा अध्ययनरत वुटवलकी प्रकृति लम्सालले ४ फागुनमा आत्महत्या गरेकी थिइन् । कलेजकै एक बिद्यार्थीले यातना दिएको र त्यसको विषयमा कलेजले सुनुवाई नगरेको भन्दै सो घटनापछि कलेजमा आन्दोलन समेत भएको थियो । जसमा कलेजले नेपाली बिद्यार्थीलाई धम्की दिएकोमा पछि माफी मागेका थिए । सो घटनापछि कतिपय नेपाली बिद्यार्थीले सो कलेज छाडेका थिए । तीन महिनापछि सोही कलेजमा फेरि अर्की बिद्यार्थीको रहस्यमय मृत्यु भएको छ ।