१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १२ शुक्रबार १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरपालिकाद्वारा विपतमा प्रयोग हुने उपकरण प्रदर्शन र सरोकारवालाहरूसँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार १५:o३:oo

ललितपुर महानगरपालिकाले १२ वैशाख ०७२ मा गएको विनाशकारी भूकम्पलाई स्मरण गर्दै विपतमा प्रयोग हुने उपकरण प्रदर्शन र सरोकारवालाहरूसँग छलफल गरेको छ ।

शुक्रबार बिहान ८ बजे पाटनस्थित मंगलबजारमा उक्त कार्यक्रम सुरु भएको थियो भने गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए । प्रहरी परिसर, सशस्त्र प्रहरीलगायत विपतमा काम गरिरहेका संघसंस्थाहरूले उपकरणहरू प्रदर्शनमा राखेका छन् । त्यस्तै, सोही स्थानमा विपतसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमसमेत आयोगना गरिएको थियो ।

महानगरपालिकाको आयोजनामा भएको विपत् न्यूनीकरण र नियन्त्रणसँग सम्बन्धित कार्यक्रममा सरोकारवालाहरूले विपतसँग जुध्न सहकार्य गर्नुपर्नेमा जोड दिए । महानगरका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाभित्र ०७२ को भूकम्पले पारेको क्षति करिबकरिब न्यूनीकरण भइसकेको बताए । उनले ललितपुर महानगरपालिकाले विपतलाई लक्षित गर्दै जनशक्ति र स्रोतसाधन पनि बलियो बनाएको बताए। गृहमन्त्री रमेश लेखकले विपतजन्य गतिविधिमा जुट्न सबै तहका सरकार एकजुट हुनुपर्ने र सावधानी अपनाउनुपर्ने बताए । 

महानगरपालिकाले भूकम्प गएको दिनको स्मरणमा पुल्चोकस्थित महानगर प्रांगणबाट मंगलबजारसम्म प्रभावफेरी पनि आयोजना गरेको थियो । त्यस्तै, प्राकृतिक आपतविपतमा महानगरपालिकाले गरेका गतिविधि पनि तस्बिरमार्फत प्रदर्शनीमा राखिएको छ ।