१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
२o८२ बैशाख १२ शुक्रबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन जिल्लाको समन्वयात्मक सुरक्षा बैठक नुवाकोटमा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार २o:o२:oo

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाई थप सबल बनाउन तयार रहेको बताएका छन्।

नुवाकोटको विदुरमा रसुवा, धादिङ र नुवाकोट जिल्लाको समन्वयात्मक सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सुरक्षा पूर्वाधार तथा सम्बन्धित विषयहरूमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको अपेक्षा र असन्तुष्टि बुझ्दै निष्पक्ष र प्रभावमुक्त ढंगले सेवा प्रवाहमा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन पनि दिए।

मन्त्री लामिछानेले नुवाकोटमा रहेको खुला कारागारको अवलोकन गर्दै प्रदेश सरकारबाट सञ्चालित लघु उद्यम कार्यक्रम, कैदीबन्दीहरूको अवस्था तथा कारागारको भौतिक संरचना सम्बन्धमा जानकारी लिएका थिए।

बैठकमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू तथा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता थियो। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आ–आफ्नो जिल्लाको समसामयिक सुरक्षा अवस्था, प्रमुख चुनौतीहरू र प्रदेश सरकारसँगको अपेक्षाबारेमा धारणा राखेका थिए।

मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा भएको बैठकमा प्रदेशमा विपत् व्यवस्थापन, विपत् जोखिम न्यूनीकरण, लागुऔषधको विस्तार, सडक दुर्घटनाको अवस्था, उदीयमान आपराधिक क्रियाकलाप, आत्महत्या तथा लैंगिक हिंसाका घटनाहरू, विकास निर्माणमा देखिने विवाद, सुरक्षा निकायका भौतिक पूर्वाधार अभाव र गौरवका योजनाहरूमा देखिएको असमझदारीबारे छलफल भएको थियो।