
संखुवासभाकाे मकालु गाउँपालिकामा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । आज शुक्रबार मकालु गाउँपालिका- ५ नुममा रहेको नुङदाङ जंगलमा रामकुमार राईको छोरा वर्ष १८ को सलाम भन्ने निशान राईकाे कटुसको रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए ।
कटुसकाे रुखभन्दा माथि रहेको बिजुलीको तारले अचानक रुखलाई छोई करेन्ट लागी निज सलाम भन्ने राई रुखमा अड्किएको अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ ।
उक्त स्थानमा तत्काल नुम प्रहरी चौकीबाट प्रसनि टेकबहादुर श्रेष्ठको कमान्डमा चारजनाको टोली खटिएर गई निज घाइतेलाई स्थानीय मानिसको सहयोगमा रुखबाट निकाली उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम पठाइएकोमा उपचारको क्रममा आज दिउँसाे करिब ४ बजेतिर सोही प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ ।
उक्त स्थानमा घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठको कमान्डमा टोली खटिएर गएको जनाएकाे छ ।