
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको चैत ३० गते शनिबारदेखि वैशाख ५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्बसँग सुमधुर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्या समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावनसमेत छ । विभिन्न सामग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । पारिवारिक भ्रमणको योग जुरेकाले भ्रमण गर्दा शुभ हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :लामो समयदेखिका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा काम पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नुपर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ । आयमूलक काममा पनि सफलता नै मिल्नेछ । सेयरबजारमा सोचेअनुसार सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : सामाजिक तथा सांस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुन सक्छ । कामप्रति लगनशीलता बढ्नेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिनेछ । बुधबार गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्चवृद्धि र तनाव हुन सक्छ । बिहीबार र शुक्रबार भने काममा बाधा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । बन्धुबान्धव र दाजुभाइले कामधन्दामा सहयोग गर्न सक्दैनन् । मातापिताको आशीर्वाद प्राप्त गरेर प्रारम्भ गरिएका जुनसुकै काममा सफलता पाउन सकिन्छ । पारिवारिक धार्मिक भ्रमणको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षित हुनेछ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउनेछ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिवृद्धि हुनेछ । मातापिता र अभिभावकबाट महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : साताको प्रारम्भमा समय मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो यात्रा गर्ने अवसर आउनेछ । शैक्षिक क्षेत्रबाट सोचेअनुसार सफलता मिल्नेछ । नयाँ कामको जिम्मेवारी मिल्नेछ । सामाजिक काममा मन जाला । धार्मिक यात्राको योग छ । अचानक मन हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खटिनुपर्नेछ । स्वास्थ्य सबल हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भूमिका रहनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । साथीभाइसँग भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझाव पालना गर्दा लाभ प्राप्त हुन सक्छ । व्यापारबाट फाइदा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : साताको प्रारम्भमा शुभ ग्रहको प्रभावसँगै लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्नका लागि समय अनुकूल छ । स्वास्थ्यमा सानातिना समस्या देखिए पनि यसले तपाईंको काममा असर पुर्याउनेछैन । मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा दिन बित्नेछ, घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भए पनि बुधबारबाट प्रतिकूल समय सुरु हुने भएकोले खर्च बढ्न सक्छ । रिस र आर्थिक समस्याले संकट उत्पन्न गर्न सक्छ । साताको अन्त्यमा कीर्तिमानी काम गर्ने मौका मिल्नेछ । सामाजिक काममा मन जाला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : सानातिना घरायसी समस्यामा दौडधुप गर्नुपर्ने भएकाले खिन्नता बढ्न सक्छ । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढंगले फिर्ता आउन सक्छ । साताको अन्त्यमा रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीले साथ दिनेछन् । उत्साह पनि बढ्नेछ । प्रतिस्पर्धामा फाइदा उठाउने समय रहेको छ । बुधबार र बिहीबार भने निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैले लिन सक्नेछ । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । साताको अन्त्यमा शत्रु पराजित हुनेछन् । नयाँ जिम्मेवारीका साथ कामको थालनी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : व्यावसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँ–नयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिनेछ । सानो प्रयत्नले ठुला काम बन्ने समय छ । मनपर्ने वस्त्र वा सरसामान उपहार पाइएला ।