
कोहलपुर चौडाहाबाट ६ किलोमिटर पश्चिम बाँके जिल्ला बैजनाथ गाउँपालिका ५ मा कोहलपुर डेभलपर्स प्रालिले विकास गरेका पुर्वाधारयुक्त ५०० भन्दा बढी घडेरी बिक्रीमा ल्याएको छ।
कालोपत्रे सडक ,बिजुली बत्ती, पानीको निकास ,खानेपानी तथा निर्माणाधीन अस्पताल ,नगर बसपार्क, प्रहरी चौकी रहेको जग्गामा सात मिटर ,पाँच मिटर कालोपत्रे बाटोमा आठ धुरदेखि १२ धुरसम्मका घडेरीहरू बिक्रीमा ल्याएको कोहलपुर न्यु सिटीका व्यवस्थापक सुरेश आचार्यले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गसँगै रहेको सिटीमा नयाँ वर्षको अवसरमा घडेरी खरिद गरी पाँच महिनाभित्रमा घर निर्माण गर्ने ग्राहकलाई मालपोत रजिस्ट्रेसन राजस्व, घडेरी खरिद मूल्यको ५० प्रतिशत बैंक फाइनान्स ,२ तलासम्म घर निर्माण गर्दा लाग्ने सिमेन्ट र इँटामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको डेभलपर्सका इन्जिनियर रविन खड्काले जानकारी दिए।
उनका अनुसार ७ मिटर पिचबाटाे र ५ मिटर बाटाेका घडेरीको मूल्य ५ लाख २५ हजार र ४ लाख २५ हजार प्रतिधुर रहेको बताए।