मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Tuesday, 08 April, 2025
२o८१ चैत २६ मंगलबार o८:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला लेजेन्ड टी–२० सिरिज सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार o८:१६:oo

रुपन्देहीको भैरहवामा पहिलोपटक पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलाडीबिच ‘महिला लेजेन्ड टी–२० सिरिज’ सोमबारदेखि सुरु भएको छ । नेपालमा पुरुष लेजेन्ड क्रिकेट हुँदै आए पनि महिलातर्फ पहिलोपटक आयोजना भएको हो । सन् २००७ र २००९ को राष्ट्रिय टोलीमा समावेश महिला खेलाडीलाई दुई फरक टोली बनाएर सिरिज आयोजना गरिएको हो । 

सिद्धार्थ क्रिकेट मैदानमा सन् २००९ को लेजेन्ड महिला टोली ५ विकेटले विजयी भएको छ । सन् २००७ को टोलीले पहिलो ब्याटिङ गरी २० ओभरमा आठ विकेट गुमाएर ८२ रन बनाएको थियो । प्रत्युत्तरमा सन् २००९ टोलीले ८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । टोलीको जितमा सरु पुनले ४१ र शोभा आलेले १४ रनको योगदान गरे । सुस्मिता चौधरी र नीरा राजोपाध्यायले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सन् २००७ को टोलीकी नीराले सर्वाधिक २३ रन बनाएकी थिइन् । मधु थापा र नेरी थापा मगरले समान १३ रन जोडे । 

बलिङमा करुणा भण्डारीले ४ विकेट हात पारिन् । सोनु खड्काले २, रीतु कनौजिया र सीता शाहीले समान एक विकेट लिए । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिंकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सुरु भएको सिरिज दुई दिनसम्म चल्नेछ । प्रतियोगितामा लेदर बलको प्रयोग गरिएको छ ।
 

छुटाउनुभयो की ?