Skip This
ओलीमाथि संगठित हमला भएको भन्दै दमकमा एमालेले सभा गर्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २६ मंगलबार १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीमाथि संगठित हमला भएको भन्दै दमकमा एमालेले सभा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार १७:१९:oo

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पछिल्लो समय संगठित हमला भएको भन्दै त्यसविरुद्ध एमालेले दमकमा बृहत् जनप्रर्दशन र जागरणसभा गर्ने भएको छ। एमाले कोशी प्रदेश समितिले ३० चैतमा जनप्रदर्शन गर्न लागेको हो।

मंगलबार प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले दमकबाट प्रतिनिधित्व गर्दै एमाले र देशको नेतृत्व गरेका ओलीमाथि पछिल्लो समय संगठित हमला भइरहेको बताए। 

उनले त्यसैकारण दमकलाई रोजेर प्रदेशस्तरीय यो केन्द्रीय कार्यक्रम गर्न लागिएको जानकारी दिए। 'केही समययता भइरहेको प्रतिगमनकारी चलखेल र हर्कतका विरुद्धमा दमकलाई केन्द्र भागमा राखेर कार्यक्रम गर्न लागिएको छ,' उनले भने, 'यति वेला देशमा प्रतिगमन, अराजकता सिर्जना गर्ने तत्व र अस्थिरता सिर्जना गर्ने तत्वले दमकलाई केन्द्रमा राखेको महसुस एमाले गरेको छ।

'एमाले र देशको नेतृत्व गरेको दमकमाथि प्रहार भएको छ।' दमकलाई केन्द्र बनाएर चलखेल गरेको अनुभूति गरेको उनले बताए। उनले ओलीमाथि संगठित रूपमा हमला भएको र यसको ध्यानाकर्षण भएको उनले बताए। उनले दमकबाट प्रतिगामी शक्तिलाई एकमुस्ट जवाफ दिन एमालेले दमकमा सभा गर्न लागेको बताए। उनले प्रधानमन्त्री ओलीमाथि फैलाइएको अफवाहको पनि जवाफ दिने बताए।

'राम्रा कामको फेहरिस्त यहीँबाट दिनेछौँ। दमकको सभा केन्द्रीय सभा हो। दुनियाँको ध्यान दमकमा केन्द्रित हुनेछ,' उनले भने, 'लाखौँ जनता उतार्ने योजना बनाएर सबै जिल्लाले काम गरिरहेका छन्।' उक्त सभामा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।