Skip This
अछामको जयगढ बजारमा भीषण आगलागी, करोडौंको क्षति 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २६ मंगलबार २२:४१:oo
Read Time : < 1 मिनेट
समाचार

अछामको जयगढ बजारमा भीषण आगलागी, करोडौंको क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार २२:४१:oo

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भीषण आगलागी भएको छ । मंगलबार साँझ गाउँपालिकाको केन्द्र जयगढ बजारमा रहेको एक पसलको ग्यास सिलिन्डरबाट आगलागी सुरु भएको हो ।

राति साढे १० बजेसम्म करिब दुई दर्जन पसल जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । उनका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन् । तर सुवातको जस्तो भिषण अवस्था नरहेको उनले बताए । आगो नियन्त्रणका लागि गोरख बक्स गण मंगसेनबाट २० जना अग्नी नियन्त्रणको टोली, शसस्त्र प्रहरी बल खप्तड गुल्मबाट ११ जना र प्रहरीको मंगलसेन, साँफे र जयगढबाट गरी ३० जनाको समूह खटिएको छ ।

आगो नियन्त्रणका लागि सदरमुकाम मंगलसेनबाट पठाइएको दमकलले समेत प्रयास गरेको थियो । तर जयगढको पुरानो बजारमा आगो लागेको र त्यहाँ साँघुरो गल्ली रहेकाले दमकल जाने बाटो नहुँदा थप समस्या भएको छ । 

आगो नियन्त्रणका लागि गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदसहितका जनप्रतिनिधि, स्थानीय खटिएका छन् । बजारमा लागेको आगो समयमै नियन्त्रणमा लिन नसकेको भन्दै जयगढको धारासैनका युवाहरूले बान्नीगढी जयगढ गाउँपालिकाको भवनमा आगो लगाउने र गाउँपालिका अध्यक्ष माथि नै आक्रमण प्रयास गरेपछि निगरानी बढाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।