
सिटिजन्स बैंक इन्टरनेसनलले बेबी लाइफ होमलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा डेढ दशकदेखि एचआइभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार तथा शिक्षा प्रदान गर्दै आएको बेबी लाइफ होमलाई बैंकले सहयोग प्रदान गरेको हो । आगामी ७ वैशाखमा बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदै छ ।
बैंकले एक समारोहबिच दुई लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थ्य उपचारमा खर्च गरिने सञ्चालक पुनले बताए ।
बेबी लाइफ होममा हाल २७ जना एचआइभी संक्रमित बालबालिका छन् । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिकलगायतक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।