मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 09 April, 2025
Invalid date format o९:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवामा अन्तर्राष्ट्रिय उडान रोकिएसँगै स्थानीय आक्रोशित, आन्दोलनको विकल्प नरहेको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२५:oo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिएसँगै जनस्तरमा सरकारप्रति आक्रोश बढ्न थालेको छ । एक साताअघि नागरिक उड्डयन प्राधिकरणले भैरहवाबाट ‘समर सेड्युल’ स्थगित गरेपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान ठप्प छन् ।

विमानस्थल नियमित सञ्चालनका लागि दबाब सिर्जना गर्दै आएको सिद्धार्थ सञ्जाल रुपन्देहीले ५० भन्दा बढी संघ–संस्थासँगको समन्वय बैठक राखी विमानस्थल नियमित सञ्चालन गर्न दबाब दिने निष्कर्ष निकालेका छन् । भैरहवाबाट उडान भए पनि निरन्तरता पाउनेमा शंका व्यक्त गर्दै आएका व्यवसायीले आन्दोलनको तयारी गरेका छन् । छलफलमा नागरिक उड्डयन प्राधिकरणले भैरहवाबाट एक महिनाअगाडि नै ‘समर सेड्युल’का उडान कटाएको सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । विमानस्थल नियमित सञ्चालनमा नआउँदा पर्यटन क्षेत्र धराशायी मात्र नभएर घरबारविहीन हुने अवस्थामा पुगेको उनको भनाइ छ । 

यात्रुलाई श्रम, मेडिकल, ओरियन्टेसन र भिसा सेन्टरको कामका लागि संघीय राजधानी नै धाउनुपर्ने बाध्यता रहेको छ । विमानस्थल सञ्चालनका लागि सरकारले तत्परता नदेखाएको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताए । उनले भने, ‘सरकार विमानस्थल सञ्चालन गर्न चाहँदैन, तर स्थानीयसँग विमानस्थल जसरी पनि सञ्चालन गर्छाैँ भन्दै हिँड्ने गर्दा सरकारको द्वेध चरित्र देखियो ।’ नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले लुम्बिनीकै कारणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको बताउँदै लुम्बिनी विकास कोषले यसको प्रचारप्रसारका लागि काम गर्नुपर्ने बताए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थल सञ्चालनका लागि दबाब दिन केही समय आफ्नो उद्योग–व्यवसायलाई दिने समय आन्दोलनमा दिनुपर्ने समय आएको बताए । उनले विमानस्थल नियमित रूपमा सञ्चालन भए मुलुकको अर्थतन्त्रमा समेत सुधार हुने उल्लेख गरे । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दूले विमानस्थलमा सरकारीस्तरबाट भएको लगानीभन्दा निजी क्षेत्रले बढी लगानी गरेको बताए ।