
नेपाल उद्योग वाणिज्य महासंघले म्यानमारका भूकम्पपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । महासंघका विपत् व्यवस्थापन समितिका सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधिमार्फत राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
महासंघले म्यानमारका भूकम्पपीडितलाई राहतस्वरूप चामल, मुसुरो दाल, भाँडाकुँडाको सेट, मस्क्युटो नेट, ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजन सेट, ब्यान्डेज, इलास्टिक एडजस्टेबल ब्यान्ड तथा पेपर टेपलगायतका सामग्री प्रदान गरेको हमालले जानकारी दिए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत महासंघले देशभित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनाहरूमा राहत सामग्री वितरण गर्दै आइरहेकामा पछिल्लोपटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
१५ चैत ०८१ (२८ मार्च २०२५) मा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठुलो क्षति पु¥याएको छ । त्यसलगत्तै २१ चैतमा परराष्ट्र मन्त्रालयमा बसेको बैठकअनुसार म्यानमारमा भूकम्पपीडितका लागि राहत पठाउने निर्णय भएको थियो ।