
धुलोधुवाँका कण वायुमण्डलको सतहमै फैलिँदा काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ । दिउँसोभन्दा साँझ–बिहान र राति प्रदूषण अझ धेरै छ।
बिहीबार बिहान त काठमाडौंको वायु प्रदूषण सूचकांक (एक्युआई) ३७३ सम्म पुग्यो। गत सोमबारदेखि काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा पर्दै आएको आइक्यू एयरको वेबसाइटमा देखिन्छ । निकै प्रदूषित भनेर चिनिने दक्षिण एसियाका दिल्ली, ढाका र लाहोर सहरलाई पनि काठमाडौंले पछि पार्दै आएको छ ।
हेर्नुस् भिडियाे :