१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका राजविराज
२o८१ चैत २९ शुक्रबार o८:५१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जसपा नेपालको  अधिवेशनमा कुटाकुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार o८:५१:oo

जसपा नेपालको अधिवेशनमा कुटाकुट भएको छ । जिल्ला अधिवेशका लागि प्रतिनिधि छनोट कार्यक्रममा विवाद हुँदा कुटाकुट भएको हो । समाजवादी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनीष यादवले सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवको निर्देशनमा संघका जिल्ला अध्यक्ष केदार यादवमाथि कुटपिट भएको आरोप लगाएका छन् ।

जसपा नेपाल सप्तरीका जिल्ला उपाध्यक्षसमेत रहेका उमेशको निर्देशनमा उनको भाइ मोधकर यादव र उनका आसेपासेले संघका अध्यक्ष केदार र युवा संघ विष्णुपुर गाउँपालिका समिति अध्यक्ष देवेन्द्र यादवमाथि कुटपिट गरेको मनीषको आरोप छ । उनीहरूमाथि घरेलु हतियार, हेलमेट, फलामको फाइटर, ब्लेड प्रयोग गरी कुटपिट गरिएको छ ।

घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा उपचार भइरहेको छ । गाउँपालिका अध्यक्ष उमेश यादवले भने आफूले कुनै निर्देशन नदिएको बताएका छन् । ‘आरोप सरासर गलत कुरा हो । मलाई बदनाम गराउने काम भइरहेको छ, मैले कुनै निर्देशन दिएको छैन,’ उनले भने ।

कुटपिटपछि जसपा नेपालका युवा, विद्यार्थीले पार्टीको जिल्ला कार्यालयमा बिहीबार दिउँसो ताला लगाएका छन् । समाजवादी विद्यार्थी युनियनका सप्तरी अध्यक्ष श्यामकुमार यादव र समाजवादी युवा संघका जिल्ला उपाध्यक्ष सिकेन्द्रकुमार मण्डलले संयुक्त विज्ञप्ति जारी गर्दै शुक्रबारका लागि तोकिएको पालिका अधिवेशन स्थगनको मागसमेत गरेका छन् ।