१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ५ शुक्रबार १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहरमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अघि बढाऔँ : उपप्रधानमन्त्री सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार १८:o२:oo

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूमा सडक बनाउँदा युलिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन्।

पूर्व–पश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ–पुल्चोक सडकखण्डको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन्। सडक बनेलगत्तै ढल, खोनपानीको पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागि पनि युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा जोड दिए।

‘सहरको बिचमा बाटो बनाउँदा युटिलिटी करिडोरको अवधारणालाई अब हामीले अगाडि बढाउनुपर्छ। सडक बन्छ, लगत्तै ढल, पाइपलाइन, फाइबर बिछ्याउन भत्काइन्छ,’ उनले भने, ‘जसले गर्दा जनतामा बाटो बने पनि भत्किहाल्छ भन्ने परेको छ। यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनैपर्छ।’

उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणमा जोड दिइरहेको पनि बताए। व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे।

त्यस्तै, उनले संघीयताको भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणको काम गर्ने रहेको बताए। जनताले चाहेको आयोजना तीनै तहको सरकारको संयोजनमा अघि बढाउँदा सफल हुनेरहेछ भन्ने उदाहरण पूर्व–पश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ–पुल्चोक सडक खण्ड बनेको पनि सिंहले प्रस्ट पारे।